ताजा समाचार

शेयर बजारमा गिरावट, रेमिटेन्स बृद्धि न्यून हुँदा बजार प्रभावीत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १३।५१ अंकले घटेर १५४०।२१ अंकमा झरेको छ । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २।६६ अंकको गिरावट संगै ३२४।३६ अंकमा ओरालो लागेको छ ।

अनलाइन ट्रेडिङमा ढिलाइ साथै बजार सुधारका कार्यक्रम ढिलो भएका कारण लगानीकर्ताको मनोबल खस्किएको छ। आइतबार १५८ कम्पनीका १३ लाख ६९ हजार कित्ता शेयर ४९ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढी नेपाल बंगलादेश बैकको चार करोड १६ लाख रुपैयाँको शेयर खरिद बिक्रि भयो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org