‘लिभिङ टुगेदर’: असुरक्षित यौनसम्पर्क गर्दै, आई–पिल चक्कीको भर पर्दै
काठमाडौं, १३ कात्तिक । ‘लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’
असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । आजको राजधानी दैनिकमा खबर छ ।
स्कुल र कलेजका छात्रा बढी
‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’
पोर्नाेग्राफीको असर
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नाेग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ ।
नकारात्मक असर
हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको डा. आचार्य बताउ“छिन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो,’ उनी भन्छिन्, ‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’
चक्की कसरी सेवन गर्ने ?
स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ । असुरक्षित यौनसम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने डा. आचार्य बताउँछिन् । ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन,’ उनले भने, ‘पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनु पर्दैन ।’
आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।
महिलामा बाँझोपन
विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी या स्थायी साधन प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्याल बताउँछन् । उनका अनुसार आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्छ । ‘एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबर हो,’ उनले भने ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...