ताजा समाचार

भोजपुरमा बालिका बलात्कारपछि आँखा झिकेर हत्याको प्रयास, कहाँ गए अधिकारकर्मी ?

भोजपुर, १३ कात्तिक । भोजपुरमा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । दक्षिण आम्चोक गाउँपालिका ९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गर्दै हत्या प्रयास गरेका हुन् । स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि बिकको आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सामाजिक तथा आर्थिक रुपमा पछाडि परेकी पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि आर्थिक संकलन गरेर गाउँलेको पहलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार गराइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । बलात्कार आरोपित सन्तोष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रमुख डीएसपी थारुले बताए ।

गरिब भएकै कारण उपचार गराउन अस्पतालको आनाकानीः
अत्यन्तै गरिब परिवारकी बालिकाको उपचार गर्न धरानस्थित वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानले आनाकानी गरेको थियो । घटना भएको लामो समयपछि अस्पत्तालले उनको उपचार गर्न नमानेको स्थानीयले बताएका छन् । अस्पतालमा उपचार गर्ने पैसा नहुँदा अस्पताले उपचार गर्ने नमानेको र उपचारमा डाक्टरले ढिला सुस्ती गरेको गुनासो आफन्तहरुले गरेका छन् ।

आइतबार विहान चार बजे वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा बालिकालाई उपचारको लागि ल्याए पनि अस्पतालले आनाकानी गरेपछि दिउँसो ४ बजेसम्म उनको उपचार हुन सकेको थिएन् । पछि विभिन्न पार्टीका नेताहरु तथा अधिकारकर्मीहरुको पहलमा अस्पत्तालले उनको उपचार गर्न मानेको नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य तथा दलित अधिकारकर्मी दलमर्दन कामीले जानकारी दिए । अस्पतालको ढिलासुस्तीकै कारण अब बालिकाको आँखा फाल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org