ताजा समाचार

सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

उदयपुर, १३ कात्तिक । सिद्धिचरण राजमार्गमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घटनास्थलतर्फ प्रहरी टोली पठाइएको उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीय बासिन्दाले जिप सडकबाट करिब चार सय मिटर तल खसेको अनुमान गरेका छन् ।

कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org