प्रहरीको फरार सूचीमा रहेका बालकृष्ण ढुंगेल एकाबिहानै कसरी परे पक्राउ ?
काठमाडौं, १४ कात्तिक । प्रहरीको फरार सूचीमा रहेर निर्वाध स्वतन्त्र जीवन विताइरहेका बालकृष्ण ढुंगेलको मंगलबार एकाबिहानै पक्राउ परे । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मदकैदको सजाय सुनाएका ढुंगेल अहिले सम्म प्रहरीको फरार सूचीमा थिए ।
मंगलबार बिहान ११ बजे सातदोबाटो चोकमा निस्किएका थिए । साथिभाईलाई पनि भेट्ने र तरकारी पनि किन्न भनेर चोकतिर निस्किएका ढुंगेलको दिन एकाएक फरक भयो । सात दोवाटो चोकमा पुग्नेविक्तिकै मोटरसाइकलमा आएका चार युवा उनी नजिकै पुगे। सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए । कपाल पनि लामै थिए तिनका।
‘उनीहरुले हाम्रो अफिस जानुछ हामीसित बस्नुहोस् भन्दै बाइकमा बसाउन खोजे,’ ढुंगेलसँगै रहेका उनका भतिज सरोजले भने। शुरुमा त बालकृष्णले ‘बाइकमा जान्न गाडी भए जान्छु’ भने। तर उनको अस्वीकारको कुनै अर्थ रहेन। मोटरसाइकलमै उनलाई लिएर गए। पक्राउ परेको थाहा पाएपछि उनले खल्तीबाट मोबाईल निकालेर फोन गर्न खोजे तर प्रहरीले दिएन् ।
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।
माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् । पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।
ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने, ‘किड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि पुर्याइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन ।
सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका थिए। महानिरिक्षक अर्याल विरुद्ध अपहेलना मुद्धा दर्ता भएपछि प्रहरीले ढुंगेलको खोजी तिव्र बनाएको थियो। ढुंगेल पक्राउ परेपछि मुद्धा पनि स्थगित भएको छ ।
जिल्ला अदालत नै पुग्न नदिने माओवादीको तयारीः
एकाबिहानै पक्राउ परेका माओवादी नेता ढुंगेललाई छुटाउन चलखेल सुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीयस्तरका नेतादेखि लिएर विभिन्न व्यापार, व्यवसाय गर्नेहरुले प्रहरी हेडक्वार्टर धाउन थालेका छन् ।
नेकपा माओवादी केन्द्र, अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) लगायतका पार्टीहरुले ढुंगेल गिरफ्तारिको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरुले द्धन्द्धकालिन मुद्धामा गिरफ्तार गर्नु शान्ति सम्झौताको विपरित भएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...