ताजा समाचार

गुण्डा नाइके गणेश लामा कांग्रेसको प्रदेशसभा उम्मेदवार


काठमाडौं, १५ कात्तिक । गुण्डा नाइके भनेर चिनिएका गणेश लामा कांग्रेसको प्रदेशसभा उम्मेदवार बनेका छन् । कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को ख बाट टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका थिए । गच्छदारको निकै विश्वासिला पात्र मानिएका लामालाई कांग्रेसबाट टिकट दिलाउने सर्तमा पार्टी प्रवेश गरेका थिए ।

लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेसका एक नेताले बताए । यसअघि एमालेले अर्का गुण्डा नाइके दिपक मनाङ्गेलाई समर्थन गरेको छ । एमालेले टिकट नदिएपछि मनाङ्गेले मनाङ खमा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org