ताजा समाचार

नवराज सिलवालले उम्मेदवारी दर्ता गर्दै भने, ‘राज्यले दिएन, जनतासँग न्याय माग्छु’

ललितपुर, १६ कात्तिक । पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए। ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्‍यो, अब जनताले न्याय दिन्छन्’, उनले भने।

जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे। सिलवालको उम्मेदवारीको प्रस्तावक गोविन्द बजगाइँ रहेका छन्। कांग्रेसबाट भने उदयशमशेर राणाले सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org