ताजा समाचार

ललितपुर ट्राफिक प्रहरी एकबिहानै आकस्मिक चेकिङ्ग, १०३ जना विधार्थी कारबाहीमा

ललितपुर, २१ कात्तिक । एकबिहानै प्रहरीको छड्केमा १०३ जना विद्यार्थी परेका छन् । ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका हुन् ।

ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो ।

‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’

मंगलबार बिहानै कलेजहरुको हब मानिएको कुमारीपाटी क्षेत्रमा चेकजाँच गर्दा १०३ जना ट्राफिक प्रहरीले विद्यार्थीहरुले ट्राफिक नियम उल्लघंन गरेको पाएको हाछेथुले जानकारी दिए ।

कारवाहीमा पर्ने विद्यार्थीहरुले लाइसेन्स बिना सवारी चलाएको, तीव्र गतिमा सवारी चलाएको, मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र दुई जनाभन्दा बढी सवार भएको पाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org