शरदकुमार गौचनको हत्या पनि दरवार हत्याकाण्डजस्तै रहस्यको घेरामा
काठमाडौं, २१ कात्तिक । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको झण्डै एक महिना वितिसकेको छ । असोज २३ गते दिउँसै आफ्नो घरबाट खरिबोट हुदैँ बानेश्वरको मुल सडकतर्फ आउँदै गर्दा अज्ञात समूहको गोली लागेर गौचनको ज्यान गयो ।
हत्या भएलगत्तै तत्कालिन गृहमन्त्री जनार्दन शर्माले हत्या पत्ता लागिसकेको दाबी गरेमा थिए । गौचनको हत्या विरोधमा उत्रिएको भिडलाई शान्त पार्न गृहमन्त्री शर्माले हत्यारा पक्राउ परेको बताएका थिए । प्रहरीले समेत दुई/चार दिनमा हत्यारा पक्राउ पर्ने दाबी गरेको थियो । तर प्रहरीको त्या दुई/चार दिन अझै आएको छैन् ।
प्रहरीले उनको हत्या कसले कुन उद्देश्यले गर्यो भनेर खुलासा अझै गर्न सकेको छैन । उनको हत्यामा हुलाकी मार्गको १२ अर्वको ठेक्का र त्यसमा डनहरुसँग बिबाद भएकोले लेनदेन नमिलेरै र उनले दिन्छु भनेको कबुल रकम नदिएकै कारण हत्या भएको आशंकामा प्रहरी अलमलिइरहेको छ ।
डन ठेक्का कम्पनीहरुको माथिल्लो राजनीतिक नेताहरुसँग गहिरो सम्बन्ध हुनेगरेको छ । गौचनको हत्या पनि दरवार हत्याकाण्डजस्तै रहस्यमय बन्दै गएको छ । २०५८ साल जेठ १९ गते राति नेपालको राजदरबारभित्रै राजा विरेन्द्रको बंश नै नाश हुने गरी हत्याकाण्ड भएको थियो । जुन अहिले पनि रहस्यको विषय बनेको छ । त्यसैगरी गौचन हत्याकाण्ड पनि रहस्यमय हुने सम्बद्ध स्रोतको दाबी छ ।
प्रहरीको अनुसन्धान कहाँ पुग्योः
गौचनलाई काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूह र गत वर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले एउटै रहेको अनुमान प्रहरीको छ। गुण्डा नाइके मनोज पुनले सञ्चालन गरेको सो आपराधिक समूहका व्यक्तिले केही प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मेवारी लिएपछि प्रहरीले यस्तो अनुमान गरेको हो।
पुनको सो समूहले व्यावसायी गौचनसँग करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरिएको प्रहरीले शंका गरेको छ। सो समूहका सदस्यले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई नै फोन गरेर हत्या स्विकारेको बताइएको छ।
साउनको अन्तिम साता मनोज पुनका एक सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। बास्तविक नाम मनोज बुढामगर भनिने मनोज पुनसँग निरन्तर सम्पर्कमा रही अपराधिक क्रियाकलाप गर्ने पाल्पा तान्सेन नगरपालिका ७ का २२ वर्षिय सुशान्त लाकौललाई पक्राउ गरेपछि प्रहरीले पुनको सक्रियता रुपन्देहीमा कम भएको दाबी समेत गरेको थियो। तर, राजधानी नै छिरेर सो समूहका सदस्यले दिनदहाडै व्यक्ति हत्या गरेपछि प्रहरी फेरि तिल्मिलाएको छ।
मनोज पुन गत पुस महिनामा रुपन्देही देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त हुन्। गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई लक्षित गरि गोली प्रहार भएको थियो। तर भण्डारी बच्न सफल भएका थिए। यी दुबै घटना लगत्तै पुनले विदेशबाट विभिन्न व्यक्तीलाई सम्पर्क गरेर घट्ना आफूले गराएको बताएका थिए।
यो पनि पढ्नुहोस्ः
http://news-nepal.com/659976-2/
http://news-nepal.com/647514/
http://news-nepal.com/647055/
http://news-nepal.com/645555/
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...