ताजा समाचार

समग्र नवलपुर जिल्लाको विकास नै मेरो पहिलो एजेण्डाः बिष्णु लामेछाने

नवलपुर, २१ कात्तिक । नवलपुर क्षेत्र नम्बर २ (क) प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार बनेका जिल्ला सभापति बिष्णु लामिछाने चुनावी प्रचार प्रसारमा व्स्त छन् । समजसेवाका साथ साथै राजनीति गर्दै आएका जिल्ला सभापति लामिछाने चुनावी प्रचार प्रसारमा व्यस्त देखिएका हुन् ।

आफुलाई जिताउन आग्रह गर्दै आम मतदातासँग विभिन्न आश्वासनहरु दिईरहेका छन् । यतिबेला उनी जिल्लामा एक सक्षम उम्मेदवारको रुपमा स्थापित भईसकेका छन् । आफुलाई कर्मठ इमान्दार एवम स्वाभिमानी समाजसेवीको रूपमा स्थापित गर्न सफल भएका छन् ।

युवा नेता समेत रहेका सभापति लामिछानेले विकास नगर्ने नेतालाई जनताले भोट नहाल्ने बताउनुहुन्छ । “समग्र नवलपुर जिल्लाको विकास नै मेरो पहिलो एजेण्डा हो,” नेता लामिछानेले भन्नुभयो ।

उनले मुलुकमा राजनीतिक क्रान्ति सकिएको भन्दै अब आर्थिक क्रान्तिको आवश्यक रहेको स्पष्ट पारे । “नेपाली जनताले ७ दशकसम्म राणा, पञ्चायत र निरंकुश शासन फाल्न संघर्ष गर्नुप¥यो, अब अशिक्षा, अविकास र गरिबी हटाउनुपर्छ,”– उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org