ताजा समाचार

एक लाख रुपैयाँ घूससहित हेल्थ असिस्टेन्ट पक्राउ

रौतहट, २१ कात्तिक । जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झा एक लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । ठेकेदारसँग घूस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले झालाई पक्राउ गरेको हो ।

जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएका थिए । जापानीज सँस्था कोइकाले समेतले लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्न्तीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका थिए ।

काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए । इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो । यता इन्जार्च झाले भने आफूले ठेकेदारसँग सापटी रकम मागेको बताएका छन् ।

आफू जिल्ला अस्पतालको लेखा वा कार्यालय प्रमुख नभएकोले ठेकेदारले आफूलाई घूस दिनुपर्ने कुनै आवश्यक्ता नै नरहेको उनको तर्क छ । ठेकेदारले आफूलाई फसाएको समेत झाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org