अफगानिस्तानको टेलिभिजन स्टेशनमा आक्रमण हुँदा थुप्रै पत्रकार मारिए
एजेन्सी, २१ कात्तिक । अफगानिस्तानको एक स्थानीय टेलिभिजन स्टेशनमा आक्रमण भएको छ । काबुलस्थित स्थानीय टेलिभिजन स्टेशनमा अज्ञात समूहले ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार गर्दा टेलिभिजनका थुप्रै पत्रकार मारिएको आशंका गरिएको छ ।
आक्रमणकारीहरुले स्थानीय ‘शमशाद’ टेलिभिजन स्टेशन कब्जामा लिएर ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएको छ । सोही क्रममा एक जना आक्रमणकारी मारिएको अफगानी अधिकारीहरुले जनाएका छन् । अफगान प्रहरीले उक्त टेलिभिजन भवन नियन्त्रणमा लिने प्रयास भैरहेको बताएको छ ।
उक्त हमलाबाट भागेर भवनबाहिर निस्कन सफल एकजना पत्रकारले टेलिभिजन स्टेशनभित्र बंदुकधारी रहेको र उनीहरुले आफ्नो कैयौं सहकर्मी मारिदिएको र कैयौं घाइते अवस्थामा रहेको बीबीसीलाई बताएका छन् ।
‘शमशाद’ टेलिभिजनको मुख्यालय रहेको सो स्टेशनमा सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् बताइएको छ । शमशाद टेलिभिजन अफगानिस्तानको प्रख्यात टेलिभिजन च्यानल हो । सन् २००६ मा प्रशारण सुरु गरेको सो च्यानलले २४ घन्टा समाचार र मनोरन्जनात्मक सामग्रीहरु प्रसारण गर्दै आएको छ ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...