ताजा समाचार

चुनावको मुखैमा एमाले थप बलियो, सबैभन्दा पूरोना प्रजापरिषद् पार्टी गाभियो

काठमाडौं, २३ कात्तिक । नेकपा एमाले र नेपाल प्रजापरिषद् पार्टीबिच एकीकरण भएको छ । बिहीबार चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बिच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो । शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्नका लागि दुई पार्टीबिच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गर्नुभयो । उहाँले एमालेसँग देश समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताउनुभयो । प्रजापरिषद् विसं ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो । – रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org