ताजा समाचार

१० किलो गाँजासहित तीन जना पक्राउ, पक्राउ पर्नेमा आमाछोरा

धनुषा, २४ कात्तिक । धनुषामा १० किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीन जनामा आमाछोरा समेत छन् । धनुषाको सबैला नगरपालिका–१३ ढोलबाजामा गाँजा बिक्रीवितरण हुने गरेको गोप्य सूचनाको आधारमा कारोबारमा संलग्न तीन जानलाई १० किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गणेशमाना चारनाथ नगरपालिका ३ बस्ने ५० वर्षकी कलसिया देवी महरा र उनका २४ वर्षका छोरा देवेन्द्र महरा छन् । त्यस्तै उनका छिमेकी ४३ वर्षका रामअवतार महरा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रबार जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरुमाथि लागुऔषध मुद्दामा म्याद थप गरि कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org