चार युवतीलाई भारतको बाटो हुँदै कुबेत पठाईदिन खोज्ने युवक पक्राउ
महोत्तरी, २४ कात्तिक । भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका– ८ बस्ने सूर्यबहादुर कालिकोटेका छोरा २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।
पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका– ५ बस्ने २० वर्षीया उषा तामाङ, महाकाल गाउँपालिका– ७ बस्ने २० वर्षीया कुलमाया तामाङ, बाँसखर्क गाउँपालिका ३ बस्ने २० वर्षीया रञ्जना तामाङ र सिन्धुलीको मरिणखोला गाउँपालिका– ५ बस्ने २२ वर्षीया कान्छीमाया तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै गएराति १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका– ६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा ल्यइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...