ताजा समाचार

६ लाख घुससहित इन्जिनियर र सहायक इन्जिनियर रंगेहात पक्राउ

कञ्चनपुर, २४ कात्तिक । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर र सहायक इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरको टोलीले जिल्ला प्राविधिक कार्यालय कन्चनपुरका जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेलाई ६ लाख रुपैयाँ घुस लिँदैगर्दा रंगेहात पक्राउ गरेको हो ।

शुक्रबार इन्जिनियर केदार शर्माको निवासमा सेवाग्राहीबाट पैसा लिँदैगर्दा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार कन्चनपुरका प्रवक्ता खेमानन्द पाठकले जानकारी दिए ।

साथै उनीहरु दुवैले ९ लाख र ५ लाख ३० हजारका बैंक चेकसमेत सेवाग्राहीबाट लिएको र सो कार्यालयकै अरु कर्मचारी चेक साट्न कैलाली गएको खुलासा भएपछि सो बारेसमेत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org