मोरङ १ का उम्मेदवारको कार्यसूची: पर्यटन विकास
उर्लाबारी,मोरङ, २६ कात्तिक । मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ ।
पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन् । जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो । सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
यस निर्वाचन क्षेत्रको सबैभन्दा बढी पर्यटकीय क्षेत्रको सम्भावना बोकेको केराबारी गाउँपालिकामा अवस्थित जेफाले डाँडा हो । एक हजार ९७० मि उचाइमा रहेको जेफाले दृश्यावलोकन स्तम्भबाट पूर्वका १६ जिल्लाका साथै सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न सकिन्छ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडाले छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकको मन लोभ्याउने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले घरबास कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।आवश्यक प्रचारप्रसार र त्यहाँसम्म पुग्ने सडक यातयातको समस्याले गर्दा भने सो पर्यटकीय क्षेत्रको विकास तीव्र रुपमा हुन सकेको छैन ।
मोरङ–१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का घनश्याम खतिवडाले रासससँग कुरा गर्दै जेफाले डाँडालाई प्रदेश नं १ कै एउटा मुख्य पर्यटकीय क्षेत्र बनाउन सबैभन्दा पहिले पूर्वपश्चिम राजमार्गबाट सहज रुपमा सडक यातायात विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सडक सञ्जालले यस क्षेत्रलाई जोड्न सकेमा धनकुटाको भेडेटार जस्तै पूर्वी नेपालको पर्यटन केन्द्रका रुपमा विकास गर्न सम्भवाना छ । उहाँले भन्नुभयो “जेफालेसहित यस क्षेत्रमा रहेका अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गर्दै स्थानीयवासीको जीवनस्तरमा सहयोग पु¥याउनु मेरो लक्ष्य रहनेछ ।”
यस्तै सोही निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार जिल्ला सभापति एवं पूर्वसांसद डिगबहादुर लिम्बूले पनि यस क्षेत्रको पर्यटकीय विकासलाई नै आफ्नो मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उत्तरी मोरङमा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि राजनीतिक अस्थिरताले विकास हुन नसकेको बताउँदै नेता लिम्बूले आगामी निर्वाचनमा आफू विजयी भएमा आफ्नो मुख्य ध्यान यसैमा केन्द्रित रहनेछ भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा सिमसारको शहरका रुपमा चित्रित उर्लाबारी नगरपालिकामा छ सिमसार क्षेत्र, मिक्लाजुङ डाँडा, नेसेलुङ डाँडा, गुफापोखरी, धोजेडाँडा, राजारानी ताल, जाँते झरना, धिमाल ग्रामथान, चुलीपोखरीलगायत क्षेत्रले पर्यटकीय सम्भावना बोकेकाछन् ।
हाल चुनावी प्रचारप्रसार अभियानमा पनि यी दुवै उम्मेदवारले पर्यटकीय क्षेत्रको विकाससँगै विकास निर्माणलाई नै मुख्य कार्यसूची बनाउनुभएको छ । सडक यातयातको विस्तार र विकाससँगै उत्तरी मोरङलाई पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्ने भन्दै दुवै उम्मेदवार मत माग्न मतदाताकहाँ पुग्ने गर्नुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि यी दुवैबीच प्रतिस्पर्धा भएको थियो जसमा लिम्बूले दुई हजार २१३ मतान्तरले खतिवडालाई हराउनुभएको थियो ।
सो निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता छन् । (रासस)
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












