ताजा समाचार

सहजपुरमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, ३३ जना घाइते

कैलाली, २६ कात्तिक । कैलालीमा बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । ३३ जना घाइते भएका छन् ।आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा पल्टिएको हो ।

दुर्घटनानामा परी बैतडी शिवनाथ गाउँपालिका–६ कि ६४ वर्षकी झुण्डीदेवी चन्द, बैतडी पञ्चेश्वर गाउँपालिका–४ कि २३ वर्षकी कविता तिवारी र बैतडी पाटन नगरपालिका–५ कि १९ वर्षकी रेवती भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते मध्ये कञ्चनपुर भीतदत्त नगरपालिका–५ का ५० वर्षका राम दास र उनकी १५ वर्षका छोरा सन्तोषलाई थप उपचारको लागि भारत पठाइएको छ । घाइते ३१ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भईरहेको छ । चालक निदाएकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org