ताजा समाचार

रौतहटमा डेंगुबाट एकको मृत्यु, २५ भन्दा बढी बिरामी

रौतहट, २६ कात्तिक । रौतहटमा डेंगु रोगबाट एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ रौराई का ४० वर्षे मोतिराम गोलेको ज्यान गएको हो । डेंगुको संक्रमण भएपछि उपचारका लागि चितवन भरतपुरमा उपचार हुँदै गर्दा गोलेको ज्यान गएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर १ र ४ मा डेंगु रोगको संक्रमण देखिएको छ । चुरेसँग जोडिएको बाग्मती नदी किनारको पौराई सुकुम्बासी बस्तीमा डेंगु रोकको बिरामीको संख्या समेत बढेको छ ।

दुई साता अघिबाट बस्तीमा डेंगुको बिरामीहरु देखिन थालेका थिए । ज्वरो आउने, वाकवाक लाग्ने, टाउकोको पछाडिको भाग तथा आखाँको गेडी दुख्ने लक्षण भएका दुई दर्जन भन्दा बढी बिरामी देखा परेका छन् ।

सुकुम्बासी बस्तीका अतिविपन्न परिवारमा डेंगुको संक्रमणका कारण सो क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयलाई रोगका बारेमा जानकारी गराए पनि कुनै पहल नगरेको वडाअध्यक्ष बिरु रखालले बताए । २५ जना भन्दा बढी बिरामी अझै पनि गाउँमै रहेको उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org