ताजा समाचार

के मंसिर ९ मा एमाले-माओवादीबीच एकता हुन लागेको हो ? यस्तो भन्छन् ओली

झापा, २६ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले माओवादीबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने बताएका छन् । एमाले(माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै चुनावपछि मात्रै हुने बताएका हुन् । मंसिर ९ गते दुई पार्टीबीच एकता भईरहेको हल्ला चलेपछि ओलीले यस्तो प्रष्ट पारेका हुन् ।

झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते एमाले र माओवादीको पार्टी एकता हुँदेछ रे भनेर ।’ उनले अघि भने, हँ मैले त थाहा पाएको छैन भनेँ । अनि प्रचण्डजीलाई फोन गरेँ, तपाईले सुन्नु भो भनेँ । उहाँले मैले त छैन भनेपछि भने, ९ गते तपाई र हाम्रो एकता हुँदैछ रे नि भनेँ । उहाँ हाँस्नु भयो ।’

९ गतेसम्म एकता भनेर भन्ने र १० गतेबाट एकता भाँडियो भनेर हल्ला चलाउन खोजिएको उनले बताए । मंसिर ९ मा पार्टी एकता गर्ने कुनै योजना नरहेको भन्दै उनले भने, आफैंले कथा बचाउन, आफैं बचान गर्ने र सुन्ने । हाम्रो योजना छैन । हामी चुनावपछि एकता प्रक्रिया अघि बढाउँछौं ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org