ताजा समाचार

अबदेखि प्रहरी अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि पनि सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा आईतबार एक कार्यक्रमकाबीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।

सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पारे । उनले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वर्द्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ । अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो ।

अस्पतालको सेवा शुल्क भने अन्य सरकारी अस्पताल सरहनै हुनेछ । अस्पतालले अत्याधुनिक ल्याब बनाउने कामलाई पनि तीव्रताका साथ अघि बढाएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org