ताजा समाचार

नेपाल प्रहरीका एआइजीमा चार जना बढुवा सिफारिस, को-को परे सिफारिसमा ?

काठमाडौं, २८ कात्तिक । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो।

यसअघि ७ जना एआइजी दरबन्दी भएकामा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११ पुर्याइएको थियो। सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ । पालले कुल १ सय पूर्णांकमा ७५ दशमलव ३४४ अंक पाएका छन् । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ । यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभागमा, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org