ताजा समाचार

यि हुन्, शेरधन राईमाथि बम प्रहार हुँदा २१ राउण्ड गोली प्रहार गर्ने सुरक्षागार्ड

भोजपुर, २८ कात्तिक । एमाले नेता शेरधन राईलाई बचाउन सुरक्षागार्डले २१ राउण्ड गोली प्रहार गरेको पाईएको छ । भोजपुरमा नेकपा एमालेका उम्मेदवार राई चढेको गाडीमा बम प्रहार भएपछि सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेका हुन् ।

आक्रमणकारी १० जना जतिको समूहमा रहेको र गाडीमा बम प्रहार गरेपछि सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेको राईका निजी सचिव तिलकराम राईले जानकारी दिए । अज्ञात समूहले प्रहार गरेको बमबाट राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको छ ।

बम प्रहारबाट गाडीको अगाडिको भागमा क्षति भएको रार्ईका स्वकीय सचिव राईले जानकारी दिए । पूर्वमन्त्री राई भने सकुशल रहेका छन् । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका राई भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ का उम्मेदवार हुन् । बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा उनी चढेको गाडीमा बम प्रहार गरिएको हो । टेम्के मैयु गाउँपालिका–६ गुम्बामा पुगेका बेला राई चढेको गाडीमा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org