ताजा समाचार

ग्लोबल आइएमर्इ बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं, २९ कात्तिक । के तपाई ग्लोबल बैंकमा खाता खोल्ने सोचमा हुनुहुन्छ ? यदि हो भने बैंक नै धाउनुपर्दैन् । तपाईले घरमै बसीबसी पनि खाता खोल्न सक्नुहुन्छ । ग्लोबल आइएमर्इ बैंकले अनलाइनमार्फत खोल्न सकिने व्यवस्था गरेको हो ।

विदेशमा बस्ने नेपालीहरुलार्इ खाता खोल्न सहज बनाउन अनलाइनमार्फत खाता खोल्ने व्यवस्था गरेको बैंकले जनाएको छ । यो व्यवस्थापछि अनलाइनमार्फत जुनसुकै समयमा चाहेको शाखामा खाता खोल्न सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

विदेशमा बस्ने नेपालीले अनलाइनबाट खाता खोलेर इमेलमार्फत खाता नम्बर पाउने बैंकले जनाएको छ । बैंकका अनुसार सोही खातामा नेपालमा रेमिटेन्स पनि पठाउन सकिनेछ । बैंकको वेवसाइटमा गएर फाराम भरेपछि खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org