ताजा समाचार

रामशरण महतलाई लक्षित गरी बम प्रहार, कांग्रेसका चार कार्यकर्ता गम्भीर घाइते

नुवाकोट, १ मंसिर । नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा बम प्रहार गरिएको प्रहरीले जनाएको छ । बम प्रहारबाट कांग्रेसका चार जना गम्भीर घाइते भएका छन् घाइते हुनेहरुमा उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर रहेको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए ।

चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । उक्त बम विस्फोट गराउनेको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । उक्त विष्फोट कसले गराएको भन्ने बारे आधिकारिक पुष्टि भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org