ताजा समाचार

रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक जनाको मृत्यु

तनहुँ, १ मंसिर । कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गरिरहेका एक जनाको ज्यान गएको छ । तनहुँको भानु नगरपालिका–१२ मा पौडेलको चुनावी सभामा कविता वाचन गरिरहेका कांग्रेस कार्यकर्ता ५६ वर्षीय श्रीभद्र पण्डितको ज्यान गएको हो ।

मञ्चमा माइक समातेर कविता वाचन गरिरहेकै बेला ढले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै के वाचन गर्न भ्याएका थिए, उनी ढले ।

उनलाई कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्‍याए । तर, उनलाई कार्यकर्ताहरुले बचाउन सकेनन् । केही समयअघि आफैंले वाचन गरेको कवितामा भनेझैं उनले कांग्रेस भएरै धर्ती छाडे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org