ताजा समाचार

रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेला स्थल नजिकै बम विस्फोट, ८ जना घाइते

गौर, २ मंसिर । रौतहटमा बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट हुँदा ८ जना घाइते भएका हुन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ । विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org