ताजा समाचार

प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले चुनावी कार्यक्रम स्थगित गरे, वाम गठबन्धनको प्रचार रोकियो

चितवन, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनै प्रचण्डका प्रतिस्पर्धी तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले पनि चुनावी प्रचारको काम रोकेका हुन् ।

माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ मा घरदैलो तथा प्रचार प्रसारको कार्यक्रम राखिएको थियो ।

आइतबार बिहान वडा नम्बर ५ कै विकास चोकमा कोणसभा आयोजना गरिए पनि प्रकाश दाहालको निधनको खबर पाएलगत्तै कार्यक्रम बीचमै स्थगित गरिएको छ ।

यसैगरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि आज चितवन जिल्लाभर चुनाव प्रचार प्रसारको कार्यक्रम स्थगित गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org