ताजा समाचार

पुत्रशोकमा रहेका प्रचण्डलाई राष्ट्रपति भण्डारीले भेटेर समवेदना व्यक्त गरिन्

काठमार्डाैं, ३ मंसिर । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी छन् । राष्ट्रपति भण्डारी प्रचण्डलाई भेट्न आफैं लाजिम्पाट पुगेकी थिइन् ।

झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए । उनी अस्पताल नगई निवास पुगेका थिए, जहाँ राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गरेकी छन् । दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org