ताजा समाचार

निर्वाचन कार्यालयको ढोकामै सकेट बम, विप्लव कार्यकर्ताले राखेको आशंका

धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ । कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org