ताजा समाचार

हृदयघातबाट जोगिन प्रकाशले किनेको औषधी बीनाको झोलामा रहेछ

काठमाडौं, ६ मंसिर । प्रकाश दाहलको निधनपछि विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । कोहीले यस्तो गरेको भए हुन्थ्यो भनिरहेका छन्, कतिपयले उस्तो गरेको हुन्थ्यो भनिरहेका छन् । जसले जे जस्तो कुरा गरेपनि आखिर नेपाली न प¥यौं । घटना घटेपछि सुझाव सल्लाह दिनमा माहिर । तर यस घटनामा एउटा रहस्यमय कुरा बाहिर आएको छ ।

अकस्मात हृदयघातको औषधी निधन हुनुभन्दा पहिल्यै नै प्रकाशसँग रहेको थियो । अकस्मात हृदयघात भएको समयमा ३ घण्टासम्म जोगिनसक्ने औषधी प्रकाशसँग रहेको तथ्य बाहिर आएको हो । तर त्यो औषधी श्रीमती बीना मगरको झोलामा थियो ।

एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सूचना शेयर गर्दै भनेका रहेछन्, ‘दौडधुपको बेला छ, यस्तो बेला अत्यन्तै तनाब हुन्छ । अकस्मात हार्ट अट्याक वा ब्रेन ह्यामरेज पनि हुन सक्छ । यदि त्यस्तो भइहाल्यो भनेपनि तीन घण्टासम्म जोगिनसक्ने औषधि हुँदोरहेछ । मैले त किनेर राखेको छु । ३ घण्टामा त अस्पताल पुग्न सकिइहालिन्छ नि ।’

उनले बज्राचार्यलाई पनि अत्यन्तै सर्वसुलभ र सस्तो औषधिको नाम बताउँदै सल्लाह दिएका रहेछन्, ‘तपाईं पनि एस्प्रिन (रगत पातलो बनाउने) किनेर साथमै राख्नुस् है । तर, दुर्भाग्य प्रकाशले किनेको सो औषधि पत्नी बिना मगरको झोलामा परेछ । त्यो बोकेर बिना कञ्चनपुर पुगेका बेला यता प्रकाश हृयदघातको शिकार बनेका छन् ।

संयोगबश ओलीका पीए पनि मोटरसाइकल दुर्घटनामा परी अहिले घरमै आराम गरेर बसेका छन् । आइतबार दिउँसो यसबारे उनलाई केपी ओलीले सुनाउँदा प्रचण्डले पत्नी सीतालाई सोधे, ‘के त्यस्तो तयारी र पुर्वाभाष थियो त प्रकाशलाई ? सीताले जवाफ दिइन्, ‘मलाई त त्यो औषधि उ स्वयंमलाई भन्दा पनि तपाईंका लागि पो हो कि भन्ने लागेको थियो। बुवालाई प्रेसर र सुगर छ भनेर सधै पीर गरिरहन्थ्यो । आफैलाई होकि भन्ने त मलाई थाहै थिएन ।’

त्यसो त शनिबार राति छोरो बिरामी छ भनेर जाउलो खुवाएपछि सीताले ढोका नलगाई सुत है बाबु पनि भनेकी रहिछन् । प्रकाशले आमाले भने बमोजिम ढोका त लगाएनन् तर, बिहान भने उठ्न सकेनन् । सीताले बिहान उठेर छोराको कोठा चियाइन् पनि । गलेर सुतेको होला भन्ने ठानेर पछि उठाउन खोज्दा शरीर चिसो र अररो भइसककेको थियो । तत्काल सन्तु दराईलाई बोलाएर अस्पताल पठाइन् । यो कुरा कांग्रेस नेता विमलेन्द्र निधि, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ भेट्न गएका बेला प्रचण्डले सुनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org