ताजा समाचार

बीना मगर भन्छिन्, मेरो कमजोरीले गर्दा पति प्रकाश बित्नुभयो’

काठमाडौं, ७ मंसिर । प्रकाश दाहालको निधनबारे कान्छी श्रीमती बिना मगरले मुख खोलेकी छन् । बीनाले हृदयघातका कारण अल्पायुमै निधन भएका पति प्रकाशको निधन हुनुमा आफ्नो कमजोरी रहेको बताएकी छन् ।

कञ्चनपुरबाट प्रतिनिधिसभा निर्वाचन लडिरहेकी बीनाले आफ्नो कमजोरीका कारण प्रकाशको निधन भएको बताएकी हुन् । आफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको मृत्यु नहुने थियो भन्दै बेलाबेलामा मुर्छा पर्ने गरेकी माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरल भाटले जानकारी दिए ।

संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बाट उम्मेदवार रहेकी बीना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र थिए ।

समवेदना प्रकट गर्न आउने गरेकाहरुसँग बिनाले चुनावमा उम्मेदवार बनेका कारण प्रकाशलाई गुमाउनुपरेको भन्दै पछुतो मान्ने गरेकी छन् । उम्मेदवार नभएको भए प्रकाशलाई बिरामी भएका बेला स्याहार गर्न सक्ने र हृदयघात भएकाबेला समयमै अस्पताल लान सकिने भन्दै उनले पछुतो मानेकी भाटले बताए ।

प्रकाशको निधन भएको भोलिपल्ट समवेदना प्रकट गर्न गएका एमाले कञ्चनपुरका अध्यक्ष एवं प्रदेशसभा उम्मेदवार तारालामा तामाङ र एमाओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य भाटलगायतका नेतासँगको भेटमा बिनाले प्रकाशको निधन हुनुमा आफ्नो दोष रहेको बताएकी थिईन् । ‘म चुनाव नलडेको भए प्रकाशलाई अल्पायुमै गुमाउनुपर्ने थिएन’, बिनाको भनाइ उद्धृत गर्दै भाटले भने, ‘मलाई चुनाव उठेकामा जिन्दगीभर नबिर्सने गरी पछुतो भएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org