विराटनगरलाई धुलोमुक्त बनाउ’
विराटनगर, ८ मंसिर । मोरङका छवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसँग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् । ‘सुख्खामा धुलाम्मे र वर्षामा हिलाम्मे’ अवस्थाबाट आजित विराटनगरका मतदाता यस कठिनाइबाट कहिले मुक्त हुन पाइन्छ भन्दै उम्मेदवारसँग प्रश्न गदैैआएका छन् ।
मोरङको छवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४, ५ र ६ प्रतिनिधिसभा क्षेत्रमा विराटनगरका मतदाता पर्छन् । क्षेत्र नं ४ मा ९९ हजार १२३ मतदातामध्ये विराटनगरको १, २, ३, ८, १० र १९ वडाका गरी ४१ हजार ४७ मतदाता छन् । त्यसैगरी, क्षेत्र नं ५ मा कूल ८९ हजार २८७ मतदातामध्ये विराटनगरको १३ देखि १८ नं वडासम्मका २९ हजार ४०२ तथा क्षेत्र नं ६ मा कूल एक लाख १० हजार ३२२ मतदातामध्ये विराटनगरको ५२ हजार ८८३ मतदाता रहेका छन् ।
यी तीनवटै संसदीय क्षेत्रका उम्मेदवारको हारजितमा विराटनगरका मतदाता उलटफेर गर्ने क्षमता राख्छन् । त्यस्तो अवस्थामा पनि ऐतिहासिक नगरी विराटनगर यतिखेर धुलोले ढाकिएको अवस्थामा छ । सो कारणले विराटनगरका मतदाताले उम्मेदवारसमक्ष पहिलो प्राथमिकतामा यहाँको धुलो र हिलोबाट मुक्त हुने माग राख्दैआएका छन् । विराटनगरका मतदाता माधव अधिकारी सफा विराटनगर, धुलो र हिलोमुक्त विराटनगर सबैको साझा माग रहेको बताउनुहुन्छ ।
करिब रु तीन अर्बको लगानीमा विराटनगरको ढल, सडक, नाला र प्रशोधन केन्द्र स्थापनाका लागि एशियाली विकास बैंकको ८१ प्रतिशत अनुदान, ११ प्रतिशत नगरविकासको ऋण र आठ प्रतिशत विराटनगर महानगरपालिको लगानीमा ६२ किमी पक्की ढल तथा ६५ किमी सडकलाई कालोपत्र गर्नेलगायतका काम थालिएको हो ।
सन् २०१३ डिसेम्बर २ तारेखमा सम्झौता भई २०१६ मईमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सिटिसिई–कालिका कम्पनीलाई ठेक्का दिइएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणका लागि अवधि थप गरिएको छ । तर, सुस्त गतिले काम भइरहेकाले थपिएका समयमा पनि काम सम्पन्न हुने सम्भावना नदेखिएपछि उम्मेदवारसँग मतदाताले प्रतिबद्धता माग गरिरहेका छन् । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...