ताजा समाचार

सिटी एक्सप्रेसद्धारा पहिलो पटक भाइबर सेवा सुरु

काठमाडौं, ८ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । भाइवर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटेन्स सेवाको जानकारी लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

भाइबरबाट आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सकिनेछ । यो सेवा कम्पनीका ग्राहक वाहेकले पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग रेमिटेन्स भुक्तानी सम्झौता गरेको छ ।यो वाहेक कम्पनीले पाँच हजार भन्दा बढी आफ्ना एजेन्टमार्फत पनि रेमिटेन्स सेवा दिँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org