ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित तीन दिनदेखि धुलिखेल रिसोर्टमा, कारण कसैलाई थाहा छैन्

काठमाडौं, ८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार यतिबेला धुलिखेलको रिसोर्टमा बसिरहेका छन् । गत बुधवारदेखि धुलिखेलको द्वारिकाज रिसोर्ट बसिरहेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह र हिमानीका छोराछोरी रिसोर्टमा रहे पनि पूर्वयुवराज पारस शाह भने छैनन्।

बुधबार धुलिखेल पुगेका शाह आइतबार फर्कने कार्यक्रम रहेको पूर्वराजाका सहयोगी फणिराज पाठकले जानकारी दिए । यसरी शाह परिवार धुलिखेल पुग्नुको उद्देश्य भने आफूलाई थाहा नभएको पाठकको भनाई छ ।

पूर्वराजा धुलिखेलमा आएर बसेको कुनै ‌औपचारिक जानकारी नभएको प्रहरीले जनाएको छ । पूर्व राजा राज्यले प्रदान गरेको सुरक्षाकर्मीसहित धुलिखेल पुगेका हुन्। पूर्वराजालाई यसबाहेक अन्य सुरक्षा व्यवस्था नमिलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल थापाले जानकारी दिए । उनले भने, ‘औपचारिक जानकारी भएन, त्यसैले थप सुरक्षा प्रदान गरिएको छैन, ।’

देशभर चुनावी माहौल रहेको र केही स्थानमा विस्फोटनका घटनासमेत भइरहेकाले पूर्वराज परिवारको सुरक्षामा केही ‘सिभिल वाच’ भने गरिरहेको एसपी थापाले बताए । भाइटीकाको दिन आफू राष्ट्रको नेतृत्व लिन तयार रहेको प्रतिक्रिया दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org