प्राविधिक र व्यावसायिक शिक्षा विषयमा स्नातकोत्तरको पढाइ हुँदै
काठमाडौँ, ९ मंसिर । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ । काठमाडौँ विश्वविद्यालय केयु अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ ।
सार्क क्षेत्रका देशले समेत यस विषयमा सो तहमा अध्यापन शुरु नगरेका बताइन्छ । “एकातर्फ सरकारी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिले बजारमा आफ्नो ज्ञान र सीप बेच्न मुस्किल छ अर्कोतर्फ निजी क्षेत्रले खोजेको जनशक्ति बजारमा पाउन धौधौ छ । यस्तो अवस्थालाई अन्त्य गर्न बजारको माग अनुरुप नयाँ विषयमा अध्यापन शुरु गर्न लागेका हौँ ।” केयु स्कुल अफ एजुेकेशनका डिन प्राडा महेशनाथ पराजुलीले भन्नुभयो ।
उहाँका अनुसार दुई वर्षे सो कोर्स चार सेमेष्टरमा पूरा हुनेछ । हरेक सेमेष्टरमा अभ्यास प्राक्टिकल गर्ने पर्ने बाध्यता रहेको छ । अभ्यासका लागि केयुको आफ्नै तालीम केन्द्र समेत रहेको छ । पाठ्यक्रमका लागि शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तालीम तथा शिक्षा परिषद्सँग सहकार्य भएको छ । सो कोर्स पूरा गर्न रु तीनलाख शुल्क लाग्ने जनाइएको छ ।
प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास विषय अन्तर्गत प्राविधिक र व्यावसायिक गरी अलग÷अलग विधा अन्तर्गत २५÷२५ जना गरी कूल ५० जना विद्यार्थीलाई मात्र अध्यापन गराउने डिन प्राडा पराजुलीले जानकारी दिनुभयो ।
अध्यापन हुने विषयका पाठ्यक्रम अन्तिमचरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित अन्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सहयोग गरिरहेका नेपालस्थित दातृ निकायसँग समन्वय एवं छलफल समेत भइरहेको केयु स्कुल अफ एजुकेशनका प्राध्यापक डा प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
एक अध्ययनका अनुसार नेपालको आर्थिक एवं सामाजिक विकासमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ निकायका सहयोगमध्ये एक तिहाइ सहयोग नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनमा नै खर्च हुने बताइएको छ । उसो त भूकम्प पुनःनिर्माण अन्तर्गत कति रकम प्राविधिक र व्यावसायिक शिक्षा तालीममा खर्च भइरहेको छ भन्ने एकीन जानकारी कुनै निकायसँग छैन ।
नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनका कार्यक्रम शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । “यस विषयको अध्ययनबाट स्वरोजगारी हुने त छँदैछ, नेपालको भूगोल अनुसारको यहाँ कस्तो सीप, दक्षता आवश्यक पर्छ ,यस अनुरुपका कृषि, पर्यटन, वन लगायतका क्षेत्रमा अध्ययनकर्ताले आफ्ना ज्ञान र सीपको सही उपयोग गर्नेछन् ।” प्राडा भट्टराईले भन्नुभयो ।
पछिल्लो समय प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण ह्वात्तै बढे पनि अध्ययन गरेअनुसारको रोजगारी स्वदेशमा पाउन नसक्दा विदेशिनेको संख्या पनि बढेको छ । वन, कृषि, स्वास्थ्य, पर्यटन, व्यवस्थापनलगायतका जुनसुकै विषयमा स्नातक गरेका अथवा ती विषय उत्तीर्ण गरी उच्च व्यवस्थापनमा काम गरिरहेकाले सो विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सीप सिक्ने र सिकाउने बीचमा व्यवस्थापन गरी स्वदेशभित्र नै आफ्ना ज्ञान र सीपको अधिकतम प्रयोग गर्नसक्ने बनाउन सो विषयको अध्यापनले टेवा पुग्ने विश्वास लिएको छ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...