नारायणीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाइने: डा. शशांक कोइराला
चितवन, १० मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताउनुभएको छ । नवलपुर जिल्लाको क्षेत्र नं १ मा चुनावी अभियानका क्रममा आज दलदलेमा पत्रकारसँग कुरा गर्दै उहाँले वामपन्थी शक्ति एक भएपछि देशमा साम्यवादी खतरा आउनसक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रवादी शक्ति संगठित बनेको बताउनुभयो । “काँग्रेसले अबको १० वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने खाका तय गरिसकेकाले अब देश सम्मृद्धितर्फ जानेछ”, उहाँले भन्नुभयो ।
पूर्वपश्चिम राजमार्ग हँुदै जाने नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने सडक सञ्जालका लागि काम अघि बढिसकेको बताउँदै उहाँले नारायणी नदीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाइने, अन्तर्राष्ट्रियस्तरको रंगशाला नवलपुरमा निर्माण गरिने, नवलपुर क्षेत्रमा बढी दुर्घटना हुने भएकाले ट्रमा सेन्टर बनाइने लगायत योजना आफ्नो रहेको उहाँले जानकारी दिनुभयो ।
महामन्त्री डा. कोइरालाले आफ्ना पिता विश्वेश्वरले आफू प्रधानमन्त्री हँुदा सबै नागरिकको हैसियत आफूसरह बनाउने भनेको स्मरण गर्दै उहाँले समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने जिकिर गर्नुभयो । रासस
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...