मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
विराटनगर, १० मंसिर । दोस्रो चरणको निर्वाचनको तिथि जति जति नजकिँदैछ, मोरङमा त्यति त्यति चुनावी सरगर्मी बढ्न थालेको छ ।निर्वाचनको दिन घट्दै एघार दिनमा सीमित भएपछि उम्मेदवारले मतदातालाई आपmुतिर आकर्षित पार्र्न सबैभन्दा बढी घरदैलो अभियानमा जोड दिएको देखिन्छ । उम्मेदवारले मतदाताका घरघरमा पुगेर मत माग्ने चुनावी रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
मोरङमा छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ मा पनि चुनावी रौनकमा झन् बढोत्तरी भएको देखिन्छ । सो क्षेत्रमा पनि उम्मेदवार कोणसभाका साथै घरदैलो अभियानमा बढी केन्द्रित भएका छन् । सो क्रममा मतदाताका आकांक्षा र जिज्ञासालाई ध्यानपूर्वक ग्रहण गरी समस्या समाधान गर्ने विषयमा उम्मेदवारले प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।साथै कार्यकर्तालाई व्यापक रुपमा परिचालन गरी मतदातालाई आकर्षित पार्न पाँचवर्षीय योजना र पार्टीको घोषणापत्रको विषयमा पनि जानकारी गराउने गरिएको देखिन्छ ।
क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महेश आचार्य र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदीबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । आचार्य यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै माओवादी केन्द्रका मोदी समानुपातिकबाट सभासद् हुनुभएको थियो । सो क्षेत्रबाट नौ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण साहु, विवेकशील साझा पार्टीबाट अमलेशकुमार कर्ण, नेमकिपाबाट शालिग्राम राउत, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट कृष्णकुमार मुडियारी, नयाँ शक्ति पार्टीबाट राकेश चौधरी, एकीकृत राप्रपा राष्ट्रवादीबाट महेश्वर कामत र देशभक्त लोकतान्त्रिक पार्टीबाट किरणबहादुर क्षेत्री मैदानमा हुनुहुन्छ ।
उनान्सय हजार १२३ मतदाता रहेको सो क्षेत्रमा ग्रामीण क्षेत्रलाई बढी केन्द्रित गरेर उम्मेदवार प्रचारप्रसारमा जुटेको देखिन्छ । दुई गाउँपालिका कटहरी र ग्रामथानका साथै विराटनगर महानगरपालिकाका १,२,३,८,१० र १९ नं का छ वटा वडा र बेलवारी नगरपालिका का ५,६ र ७ नंका तीन वटा वडाका क्षेत्रका मतदाताले बाटोघाटो, कृषिको आधुनिकीकरणका साथै सिँचाइको समुचित व्यवस्था, सुकुम्वासी समस्याको समाधानलगायत माग उम्मेदवारसमक्ष राखेका छन् ।
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...