बझाङका सीडीओ जोशी भन्छन्, ‘पैसा खाएर पत्रकारले मेरो बारेमा नराम्रो लेखें’
बझाङ, ११ मंसिर । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मानन्द जोशीले आफुमाथि लागेको आरोप गलत भएको बताएका छन् । मदिरा सेवन गरेर सम्पर्कविहीन भएको भन्ने आरोप झुठा भएको बताएका हुन् । निर्वाचन सम्पन्न गरी मतपेटिका संकलन गर्ने क्रममा जिल्लाको नेतृत्व लिएर बसेका सीडीओ सम्पर्कविहीन भएको आरोप लागेको थियो । तर उनले आफुले आफ्नो जिम्मेवारी सहि तरिकाले निभाईरहेको प्रष्ट पारेका छन् ।
निर्वाचनपछि सवारी व्यवस्थापनको समेत जिम्मेवारी लिएका सीडीओ जोशी मदिरा सेवन गरी सम्पर्क बाहिर गएको आरोप लागेको थियो । मतदान सम्पन्न भएपछि सडकसम्म मतपेटिका ल्याउन निर्देशन दिएका जोशी आफैं गाडीको व्यवस्थापन नगरी सम्पर्क बाहिर जाँदा यस्तो समस्या आएको मतपेटिका व्यवस्थापनमा खटिएका कर्मचारीले आरोप लगाएका थिए ।
रातिसम्म सडकमै रहेको मतपेटिका प्रहरी आफैंले गाडीको व्यवस्थापन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएको उनीहरुको आरोप छ । तर सीडीओ जोशीले भने आफु रातभर खटिएर सडक मार्ग हुँदै ल्याउनुपर्ने सबै मतपेटिकाहरु बिहान ४ः३० मा सदरमुकाम पुर्याईसकेको बताए । उनले भने, ‘आफु अहोरात्र खटिएर मतपेटिकाहरु सुरक्षित साथ सदरमुकाम ल्याईसकिएको छ ।’ हवाईमार्ग भएर ल्याउनुपर्ने १५ स्थानको मतपेटिका पनि ल्याउने कार्य भईरहेको उनको भनाई छ ।
पत्रकारहरुले पैसा खाएर आफ्नो बारेमा नराम्रो समाचार लेखेको उनको आरोप छ । ‘पैसा खाएर, पत्रिका बिकाउन मेरो बारेमा यस्तो समाचार लेखे’, उनले भने । ७ नम्बर प्रदेशमा पर्ने बझाङमा निर्वाचन सम्पन्न भएपछि राजमार्गले छोएका मतदान केन्द्रका मतपेटिका गाडीमार्फत सदरमुकाम ल्याउने पूर्वतयारी भएको थियो । तर सीडीओ जोशी राति ९ बजे मदिरा सेवन गरी सुतेका कारण मतपेटिकासहित राजमार्गमा गाडी कुरेका कर्मचारीहरु आधा रातसम्म बाटोमै अल्मलिएका स्रोतको भनाई छ ।
“मतपेटिका बोक्ने सवारी साधन सीडीओ साबले आफूले व्यवस्था गरेको बताउनुभयो, त्यहीअनुसार मतदान सकिएपछि कर्मचारीहरू मतपेटिका संकलन गरी बाटोमा गाडी कुरेर बसे,” स्रोतले भन्यो, “मुचुल्कादेखि मतपेटिका उठाउन केही समय लाग्यो, गाडी आएनन् । उता सिडिओ साब मदिरा खाएर सुतिहाल्नु भएछ ।”
यसरी सिडिओ नै सम्पर्कमा नआएपछि सुरक्षित रुपमा मतपेटिका सदरमुकाम पुर्याउन प्रमुख निर्वाचन अधिकृतले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई खबर गरेका थिए । “यो कुरा प्रमुख आयुक्तले बझाङमा खटिएका गृहका अधिकारीलाई जानकारी गराउनुभयो । गृहका अधिकारीले ७ नम्बर प्रदेश प्रहरी प्रमुखलाई खबर गर्नुभयो,” स्रोतले भन्यो, “त्यसपछि प्रहरी तथा ट्राफिक प्रहरीका सवारी साधनलाई प्रयोग गरी बिहान ४ः३० बजेसम्म मतपेटिका तथा कर्मचारी जिल्लामा पुगे ।”
बझाङका मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले भने सहज रुपमै मतपेटिका संकलन भएको बताएका छन् । उनले भौगोलिक विकटताका कारण केही असहज भए पनि बाहिर हल्ला आएजस्तो नभएको दाबी गरे ।
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...