ताजा समाचार

नवराज सिलवालले अब कांग्रेसलाई सत्ता कसरी चलाउने भन्ने प्रशिक्षण दिने

ललितपुर, १२ मंसिर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नवराज सिलवालले अब आफूहरुले कांग्रेसलाई सत्ता कसरी चलाउने भन्ने प्रशिक्षण दिने बताएका छन् । ललितपुरको लगनखेलमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिलवालले भने, ‘२३ महिनासम्म कांग्रेसले सत्ता चलायो अब प्रतिपक्षीको बेन्चमा बस्नु । त्यसपछि हामी तपाईँहरुलाई कसरी शासन चलाउने भन्न प्रशिक्षण दिन्छौं ।’

उनले लोकतन्त्रका मूल मान्यता भत्काउने कांग्रेस नै भएको आरोप लगाउँदै कांग्रेस चुनावपछि लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने वाम सरकार बन्ने बताए । कांग्रेसकै कारण देश विकास हुन नसकेको आरोप लगाउँदै उनले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने र विकासको लहर ल्याउने दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org