ताजा समाचार

कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु ६ घाइते

कालिकोट, १३ मंसिर । कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जीप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org