ताजा समाचार

‘खात’ नामक ८ किलो नयाँ लागुऔषधसहित तीन सोमालियन नागरिक पक्राउ

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलोपटक ‘खात’ नामक ८ किलो लागुऔषधसहित तीनजना सोमालियन नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बुधबार काठमाडौंको ठमेलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीय इब्राहिम अली हाजी, २१ वर्षीय जाम अब्दिफाती अहमेद र अब्दिफाड युसुफ रहेका छन् ।

अफ्रिकी मुलुक इथियोपियाबाट नेपाल हुँदै नेदरल्यान्डस् पठाउन लागिएको अवस्थामा ब्यूरोले सो लागुऔषध बरामद गरेको हो । विश्व स्वास्थ्य संगठनले ‘ड्रग अफ एबिउज’ का रूपमा वर्गीकरण गरेको खात ‘साइकोलोजिकल डिपेन्डेन्स’ उत्पन्न गराउने एक प्रकारको वनस्पति भएको ब्यूरोले जनाएको छ ।

यूरोप, अमेरिकालगायतका मुलुकहरूमा अवैध घोषित गरिएको खातलाई नेदरल्यान्डस्ले सन् २०१२ देखि प्रतिबन्ध गरेको जनाइएको छ । खातको प्रयोगले प्रयोगकर्तालाई क्यान्सरसमेत हुनसक्ने विज्ञले बताएको ब्यूरोले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org