ताजा समाचार

सुनसरीमा का‌ग्रेस सभालाई लक्षित गरी बम विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

सुनसरी, १४ मंसिर । सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित बम विष्फोट भएको छ । इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org