विस्फोटमा खुट्टा गुमाएकी मिराले देउवाको हात समाएपछि भने–‘म छु चिन्ता नगर्नुस्’
काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने। प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने,‘ ‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ।’
प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका थिए। प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए।
बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्षित गरी गराइएको विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिए।
विस्फोट हुँदा उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते भएका थिए। घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ। सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिए। रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...