ताजा समाचार

ओलीलाई जवाफ दिँदै आरजूले भनिन्, ‘अब डडेल्धुरामा पनि अर्को घर बनाएर राजनीति गर्छु’

कैलाली, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले डडेल्धुरामा अर्को घर बनाउने बताएकी छन् । कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा रहेकी कांग्रेस नेतृ आरजुले डडेल्धुरामा पनि घर बनाउने बताएकी हुन् । ‘टुरिष्ट उम्मेदवार’ को आरोप लागेपछि धनगढीमा घर खरिद गरेकी आरजुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एकझोला पैसाले घर किनेको’ भन्दै आलोचना गरेका थिए ।

ओलीको आलोचनाको जवाफमा आरजूले अब डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने बताएकी हुन् । आरजूले भाडामा घर खाजेको तर चित्तबुझ्दो नपाएपछि होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा नभएको बताइन।कांग्रेस नेतृ आरजूले घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको स्पष्टीकरण दिइन् ।

चुनाव हारिएको यो घर विक्री गर्ने की भन्ने प्रश्नमा देउवा पत्नी आरजूले भनिन्, ‘मेरा श्रीमानको घर डडेल्धुरामै छ । मेरो निर्वाचन क्षेत्र पनि अब यही हो । किन बिक्री गर्छु म यो घर ? अब त डडेल्धुरामा पनि अर्को घर बनाउँछु । म त लङटर्म राजनीति गर्ने हो । अब १५ वर्षको राजनीतिक करिअर म कसरी बिगार्न सक्छु ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org