ताजा समाचार

गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत भारतको बैंलोरबाट पक्राउ

काठमाडौं, १७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान विभागको टोलीले बस्नेतलाई भारतको बैंलोरबाट पक्राउ गरी नेपाल ल्याएको जनाईएको छ । केहीबेरपछि पत्रकार सम्मेलन गरी बस्नेतलाई सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ ।

यसअघि गौचनको हत्यामा संलग्न अन्य तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको थियो । हत्यामा संलग्न सुटरसहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

गौचनको असोजको अन्तिम साता नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो । काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलिप लामालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org