ताजा समाचार

कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक, ३५.५८ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौं, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय रुपैंया तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने छन् । गत बर्ष परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी मध्ये आंशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org