ताजा समाचार

लालपुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार घुस लिँदा मालपोतका दुई कर्मचारी पक्राउ

काठमाडौं, १८ मंसिर । मालपोत कार्यालय कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहिच कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई पक्राउ गरेको हो ।

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org