मतदातालाई मतदानस्थलदेखि घर सम्म नै सुरक्षा प्रदान गरिने
विराटनगर, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले राससलाई बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमा क्षेत्रमा विस्फोटक पदार्थ र हातहतियार जाँच गर्ने प्रशिक्षित कुकुरसहितको प्रहरी परिचालन गरिएको छ । नेपाल –भारत आवतजावत गर्ने मानिस एवं सवारी साधनमाथि विशेष निगरानी बढाएर जाँच र खानतलासीलाई तीव्र पारिएको छ । यस्तै विभिन्न ग्रामीण तथा शहरका शंकास्पद स्थानमा विशेष जाँच व्यवस्था गरिएको छ ।
यसैगरी सशस्त्र सीमा सुरक्षा बल मोरङले मतदाताको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरीसंँग संयुक्त सुरक्षा गरिरहेको सीमा सुरक्षा बल मोरङका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले राससलाई बताउनुभयो ।
सशस्त्र प्रहरीले नेपाल-भारतको ६३ किमी सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग एक हप्ता अगाडिदेखि संयुक्त रुपमा गस्ती गरिरहेको छ । मतदाता, उम्मेदवार, मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा दिनका लागि नेपाल प्रहरीलाई सहयोग पु¥याउन सशस्त्र प्रहरीका २१ कार्यालयबाट सशस्त्र प्रहरी परिचालन भएका छन् ।
सशस्त्र उपरीक्षक शाहले हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रण गर्न भारतीय सीमालगायत जिल्लाका विभिन्न स्थानमा आकस्मिक रुपमा सवारीसाधन तथा व्यक्तिलाई जाँच गर्ने गरेको बतउनुभयो । जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी तीन हजार १५७ सहित करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...