ताजा समाचार

मंसिर २१ गते हुने निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु

 

विराटनगर, १९ मंसिर । यही मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाका ७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले आज मङ्गलबार र भोलि बुधबार मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ ।

मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार मतदाता छन् । निर्वाचन गराउनका लागि सुरक्षाकर्मीबाहेक छ हजार ६४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको सो आयोगले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org